समयको कचौरामा एउटा दियो
जसले बालेर खुसिका बहिराङ्ग रङ्गहरुसित प्रेम गरिरहेछ
उसको मनका अध्यारा कुनाहरु
जो वर्षौं देखि बन्द छन्, ओसिला छन्
ठ्यास्स गन्ध आइरहेको छ
त्यहीँ उभिएर उसले सम्झियो – जीवनका अथार्थताहरु
उसले चुपचाप नियाल्दै आइरहेको छ
लोभलाग्दा बोलिहरु, मुस्कान छर्ने ओठहरु
बाटेका परेलाहरु, लोलाउने आँखाहरू
जसले बारम्बार भत्काईरहेछ उसको जिवनको लय
बलिरहेकै छ उ अविरल पानीमा
लडिरहेकै छ उ यो हुरीसग
बल्नु उसको नैसर्गिक धर्म हो
फगत सम्झिरहेकोछ कर्तव्य र प्रेम गरिरहेछ
उ भएर आउने जाने मनका सबै बयलीहरुसँग
उसको बाटामा छन् सुदुर छहरिएका सपनाहरू
भोगहरु, शोकहरु,रोगहरु र विसङतिहरु
नैरस्यता पहाडहरु छन्
छन् खुसीहरु र दुःखीका आँसुहरू
कतै आत्मा त कतै प्रेतात्माको वस्तीहरु
यहीँ वस्तीमा बेचिदिएको छ उसले सिङ्गो उमेर!
यहीँ कतै उज्यालोझै आउँछन्- कतै हराउँछन्
रक्सिले मातेका मान्छेहरूका जस्ता बोलिहरु
चोरहरुको जस्तै हासो मजाकहरु
डाकाहरुको जस्तै खैलाबैलाहरु
सज्जन्बृन्दको जस्तै नौटक्कीहरु
बेस्या महिला र पुरुषको जस्तै मोलमोलाइहरु
बिचौलियाहरुको जस्तै लेनदेनको सेट्टिङहरु
धर्मका ठेकेदारहरुका जस्तै आडम्बर्पूर्ण रङ्गमञ्चहरु
के उसले आफ्नै तमाम अध्याराहरु निभाउन सक्छ ?
होसियार!
अदृश्य चेतनाको निगरानिमा छौ तिमी
खरानी हुनु अघि
पहिला आफुभित्रको अन्धकार प्रज्वालित गर !
निरुपम श्रेष्ठ
सिन्धुली

Comments (0)
No comments yet — be the first to say something.