पतझर
ऋतुहरूको वंशावलीबाट
एउटा हरियो अध्याय मेटिएको समय।
नाङ्गा हाँगाहरू
आकाशको शून्यमा
कुनै पुरानो उज्यालोको
कङ्काल झुन्ड्याएर उभिएका छन्।
झरेका कैयन्
पुष्पबिजहरु
माटोको अज्ञात लिपिमा
आफ्नो अनुवाद खोजिरहेका छन्।
यहाँ फूलको मृत्युले
कुनै शोकसभा बोलाउँदैन,
न त पातहरूको निर्वासनमा
वनले कालो झण्डा उठाउँछ।
पतझरको पनि आफ्नै धर्म छ
झर्नुलाई अपराध नमान्ने,
रिक्ततालाई अभाव नठान्ने,
र मृत्युको देहभित्र
अर्को ऋतुको भ्रूण सुरक्षित राख्ने।
कसैले देख्छ र?
सुक्खा पातको नसाभित्र
कति हरिया नदीहरू
अन्तिमपटक बगिरहेका हुन्छन्।
कसैले सुन्छ र?
नाङ्गा हाँगाहरूको मौनतामा
कति वसन्तहरू
आफ्नै जन्मको प्रतीक्षामा छन्।
पतझरको व्याकरण
पतझर—
ऋतुहरूको वंशावलीबाट
एउटा हरियो अध्याय मेटिएको समय।
नाङ्गा हाँगाहरू
आकाशको शून्यमा
कुनै पुरानो उज्यालोको
कङ्काल झुन्ड्याएर उभिएका छन्।
झरेका कैयौँ
पुष्पबीजहरू
माटोको अज्ञात लिपिमा
आफ्नो अनुवाद खोजिरहेका छन्।
यहाँ फूलको मृत्युले
कुनै शोकसभा बोलाउँदैन,
न त पातहरूको निर्वासनमा
वनले कालो झण्डा उठाउँछ।
पतझरको पनि आफ्नै धर्म छ
झर्नुलाई अपराध नमान्ने,
रिक्ततालाई अभाव नठान्ने,
र मृत्युको देहभित्र
अर्को ऋतुको भ्रूण सुरक्षित राख्ने।
आखिर
कसले देख्छ र?
सुक्खा पातका नसाभित्र
कति हरिया नदीहरू
अन्तिमपटक बगिरहेका हुन्छन्।
कसले सुन्छ र?
नाङ्गा हाँगाहरूको मौनतामा
कति वसन्तहरू
आफ्नै जन्मको प्रतीक्षामा छन्।
सिर्जु शाह
वीरेन्द्रनगर, सुर्खेत

Comments (1)
"पतझरको व्याकरण" शीर्षक नै कति सुन्दर! झर्नुलाई अन्त्य होइन, अर्को ऋतुको तयारीका रूपमा हेर्ने दृष्टि मनमा बस्यो। बधाई छ, सिर्जु जी! 🍂 कस्तो गहिरो कविता! पतझरलाई ऋतुहरूको वंशावलीबाट मेटिएको अध्याय भन्ने बिम्ब अद्भुत लाग्यो। 😊