Catch feed

Catch → पर्देशि दशै !

✓ Unlocked — enjoy the rest of the Catch
Poem

पर्देशि दशै !

सच्चि ,

सम्झना आउछ होला कि नै ? 

परदेशि भुमिमा अभाव र दबाबले 

बारम्बार मच्चाइरहादा ,

घरमाथिको लिङ्केपिङमा 

मच्चिने रमाइलो पल 

सुन्दै छु 

गरिबी र अभावले 

जिन्दगीभर मच्चाएपछि 

यसपालि हालेनन अरे बाले 

घर माथिको डाडामा ,

मच्चिने पिङ ! 

दक्षिणा पठाउछु भन्दै ,

पर्देशिएका ए पर्देशि हो ! 

कतिचोटि छिना चलायौ आफ माथि ? 

दक्षिणा पाठाउने नाममा  ? 

याद आउदैन र पर्देशि ? 

अस्टामिको दिन ,

सबै भन्दा ठुलो खसी ढालेर ,

सबैलाई बराबरी भाग लागएको ?

आउछ होला नि है , 

सोच्दा पनि हो , 

त्यसरी नै परदेशीको दुख भाग लाउन पाए !  

साथीहरुसङ तासको खालोमा बसेर

सबैलाई बाराबर तास बढेजस्तै , 

परदेशको दुख बढन पाए ! 

हुन त हामी पर्देशि न हो ! 

पर्देशिलाई सम्झिना सम्झना होइन ,

समस्या आउनुपर्छ . !

कति वर्ष भयौ ? 

निधारमा टिका नभएर के भयो त ? 

शिरमा आमाको आशीर्वाद छदै छनि भन्दै बिताएको ? 

कति साल भयो ?

घरको कुनामा राखिएको जमरा सम्झिदै , 

पर्देशको कुनामा रुएको  ? 

के गर्नु पर्देशि 

घरको कुनामा राखिएको जमरा जस्तै ,

एक हप्तामै हरियो नहुदो रहिछ 

पर्देशिको सपना ! 

हप्तादिनमै काटिन नमिल्दो रहिछ 

पर्देश बाट घरदेशको टिकट पनि 

Comments (0)

No comments yet — be the first to say something.