Catch feed

Catch → पिसाको ढल्केको धरहरा

✓ Unlocked — enjoy the rest of the Catch
Poem

पिसाको ढल्केको धरहरा

पिसा सहरको धरहरा सुन्दर छ

तर ढल्केको छ 

सुनौलौ,  बुट्टेदार, भव्य छ 

तर रक्सी खाएर उभिएको सैनिकजस्तो छ 

कोही भन्छन्—

गुरुत्वाकर्षणले यो ढल्केको हो 

कोही भन्छन्—

मातृभूमिको श्रद्धाले शिर निहुराएको हो 

कोही भन्छन्—

जब यो पुरै ढल्किन्छ, संसार सकिन्छ 

तर अलिकति त ढल्किएकै राम्रो 

अलिअलि त झुकेकै राम्रो

नजरहरू पनि 

जोवनहरू पनि।

Comments (0)

No comments yet — be the first to say something.