आफूले बचिइरहेको आफ्नो अस्तित्व वास्तवमै एक भ्रम भइदिए तपाईहरू के गर्नु होला ?
यो उपन्यास पनि न्यानो घाम तापेरै पढियो।
अनिता खरेल द्वारा लिखित स्वरकाल्पनिक उपन्यास “आदिरा” एक अलौकिक समानान्तर संसारको कथा हो । आदिरामा अनेकौँ ससाना बस्तीहरू रहेका छन् । अनि ती बस्तीहरूमा आदिरा बासी । उनीहरू सँगै आदिरा माताको आशीर्वाद रहेको छ। शक्ति रहेको छ । प्रकृति पूजक, उनीहरू प्रकृतिमै समाहित छन् । जहाँ शान्ति कायम हुन्छ । विश्वबन्धुत्व कायम हुन्छ ।
इतिहासको एक भयानक क्रुर घट्ना जसका कारण आदिरा बाट सकारात्मकता हटी नकारात्मकताले आधिपत्य स्थापित गर्न खोज्छ । आदिरा अशान्ति फैलाउँछ ।
उपन्यासको कथा वस्तुको सुरुवात कीर्तिपुरमा रहेको चोभार डाँडो तलारहेको बस्तीबाट सुरु हुन्छ । जहाँ एक तन्नेरी किशोर छ । रुद्र ।
रुद्र लाई वारम्वार कसैले आफूलाई बोलाइरहेको भान पार्न थाल्छ । उसलाई बारम्बार एउटै सपना पर्न थाल्छ । अग्नि ज्वालामा लिप्त बाझको ।
चोभार को डाँडोमा एक पुरानो खण्डहर दरबार हुन्छ । जसलाई कीर्तिपुर बासीले भूत घर भन्ने गर्छन् । जहाँ कोही पनि जाँदैनन् । तर रुद्र र उसका साथीहरू गई दिनहुँ दरबार बाहिरको प्राङ्गणमा क्रिकेट खेल्ने हुन्छन् ।
त्यसपछि विस्तारै रुद्र सँग असामान्य घटनाहरू घट्न थाल्छन् फलस्वरूप उ रहस्यहरूको दलदलमा फस्न थाल्छ।
नेपालको सन्दर्भमा अादिरा उपन्यासको कस्ता वस्तु नौलो र ताजा रहेको छ । एक सर्को माया उपन्यास पढ्ने पाठक लाई एक पटक यो उपन्यास पढ्ने सल्लाह दिन्छु । । एक सर्को माया पढ्ने हरु को रिभ्यु अनुसार नेपालको सन्दर्भमा भने उचित नै हो । किनकि नेपालमा त्यो लेभल को कथा वस्तु लेखन भर्खरै उदाउँदै छ । सुरुवात हुँदैछ ।
आदिरा ले पनि त्यो भूमिका निभाउछ ।
वि.स. १९६० मा गिरिश भल्वभ जोशी ज्यूको स्वर काल्पनिक उपन्यास वीर चरित्र उपन्यासले यस विधाको सुरुवात गरेता पनि अधिकांश नेपाली साहित्यका विधाहरू सामाजिक,रानीतिक यथार्थवादमा आधारित रहेरै आइरहेका छन्। ।
आदिराले फरक कल्पनामा डुबाउने, हराउने सामर्थ्य राख्छ ।
यो उपन्यास पढ्दा पढ्दै मलाई विदेशी साहित्य तिर को झल्को आइरह्यो । सर्वप्रथम नार्निय (Narnia) उपन्यास सिरिज को सम्झना आइरहेको । जलाई मैले चलचित्र मार्फत हेरे । बुझेँ । साथै disney तिरको OZ, एलिस, मल्लीफिसिएन्ट, लगाएतका जादुई उपन्यासमा आधारित चलचित्रको को याद आइरह्यो । नेपालमा पनि त्यो लेभलको स्वर काल्पनिक उपन्यास लेखिनु हाम्रा लागि गर्वको कुरो हो ।
उपन्यासको भाषा शैली सरल, स्पष्ट रहेको छ ।
उपन्यासको कस्ताबस्तु जति पढ्दै गाइन्छ , उती उती रहस्यहरुमा डुबे झै पनी लाग्छ।
आफ्ना साना नानी बाबुहरुलाई आफ्नै शैलीमा आदिराको कथा सुनाउने हो भने उनीहरूलाई यस उपन्यासको कथाले मन छुने छ । मोबाइल छुट्याउने यो भन्दा उत्तम तरिका अरु के हुन् सक्छ ।
उपन्यासले केही पात्रहरूको स्वरूपलाई उधारो लिएको जस्तो लागेता पनि कथावस्तु एक दमै फरक उत्कृष्ट अर्थात् युनिक पनि रहेको छ । कथा वस्तु ताजा रहेको छ । पढ्दा उपन्यास भित्रको आदिराकाे संसारमा हराए झै पनि लाग्छ । आँखा अगाडि चलचित्र चलिरहे झै लाग्छ ।
एक पटक नेपाली चलचित्र निर्माणकर्ताहरुको यस उपन्यास “आदीरा” तर्फ ध्यान जाओस्। नेपाली चलचित्रमा नयाँ आयाम थप्न सायद यस उपन्यासले पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छ भन्ने लाग्छ।
स्वर काल्पनिक कथा उपन्यास तिर मेरो सानै बाट आकर्षण रहेकोले मलाई यो पुस्तक उत्कृष्ट नलाग्ने कुरै भएन । Harrypotter, the lord of the ring, Narnia, beauty and the beast, लगाएतका उपन्यास हरु English मा रहेको ले पढ्ने मौका त पाइएन भन्नु भन्दा पनि English नबुझ्नु मेरो कमजोरी भइदियो । हिन्दी भाषामा चलचित्र हेर्न पाएको हुँदा भने ती उपन्यासका कथावस्तुहरूलाई नियाल्ने मौका पाए।
पुस्तक – आदीरा
लेखक – अनिता खरेल
समीक्षा – एक रावल
लेखकका लागि मेरा दुई शब्द,
अहिलेको समयमा आफ्नै देशमा आफ्नै भाषामा त्यो लेभलको साहित्य लेखन गरेर लेखक ज्यूले नेपाली साहित्यमा नयाँ आयाम बढाउने प्रयास गर्नुभएको छ। उहाँको लेखनलाई आफ्नै भाषामा पढ्न पाइयो । खुसी लागेको छ । लेखक ज्यूलाई हार्दिक आभार । आगामी दिनमा पनि यस्तै स्वर काल्पनिक कथा उपन्यास पढ्न पाइयोस्। भन्ने आश छ । यस उपन्यासको दोस्रो भाग पनि छिट्टै नै पढ्न पाइयोस्। कथावस्तु त टुङ्गिएको छ तर पनि यसै संसारमा आधारित रहेर अन्य रहस्यहरु पनि उजागर हुन् र पढ्ने पाठकले फेरि एकपटक त्यो संसारमा नियाल्न पाइयोस् भन्ने कामना छ ।


Comments (0)
No comments yet — be the first to say something.