Catch feed

Catch → पुस्तक समीक्षा – एक मान्ठ एक देउता

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

पुस्तक समीक्षा – एक मान्ठ एक देउता

शिवराज शाही

Mobile camera

अस्ति पानी परेर मौसम परिवर्तन भई गर्मीयाम बाट जाडोयाम भइरहेछ । घाम ताप्दै एक मान्ठ एक देउता कथा संग्रह पढेर सिध्याइयो । सिद्धिएनन् ति कथा संग्रहहरू पढ्दाको अनुभव । भावना । विचार । घाम तापेर पुस्तक पढ्नु छुट्टै मजा।

कथा मार्फत प्रत्यक्ष कर्णाली क्षेत्रलाई नियाले झै लाग्यो । 

युवा कथाकार/लेखक शिवराज शाही द्वारा लिखित “एक मान्ठ एक देउता “ ११वटा कथा समेटिएको कथा संग्रह हो । 

एक मान्ठ एक देउता यसै पुस्तक भित्रको पहिलो कथा हो । जुन कथा बाह्रखरी कथा प्रतियोगिता २०८२ विजेता भएको थियो । 

“एक मान्ठ एक देउता” कथा संग्रह नपढ्नु अघि त्यस शीर्षकको अर्थ पनि थाहा थिएन । एक देउता भएको त बुझियो तर एक मान्ठ चाहिँ के रहेछ भन्ने कौतुहलता भने रहिरहेको थियो । अहिले भने पढेर सके पछि प्रष्टै भयो । मान्ठ भनेको त कर्णाली क्षेत्र अन्तर्गत बोलिने स्थानीय भाषा मा मान्छे भनेको पो रहेछ त । 

पहिलो कथा एक मान्ठ एक देउता 

यसमा आमाले आफ्नो सन्तानका लागि गरेको संघर्षलाई देखाइएको छ । एक सन्तान, जसलाई समाजले मान्ठको नभई राक्षसको संज्ञा दिइन्छ । कारण बच्चा को शरीर जन्मजात देखि नै रौं हरुले ढपक्कै ढाकेको हुन्छ । क्रोमोजो डिसअर्डर भई जन्मेको बच्चालाई अन्धविश्वासको रूपमा हेरिन्छ । बाँकी कथा पढेपछि प्रष्टै हुन्छ। 

दोस्रो कथा सन्तानको फोटो 

यस कथामा चाहिँ कर्णाली क्षेत्रमा रहेको ति बाआमाको जनजीवनलाई झल्काइएको छ। बुढा भएका ती बाआमा व्यक्तित्व निर्माण गर्न प्रदेश गएको सन्तानको पर्खाइमा दिन काटिरहेका हुन्छन् ।

यस्तै प्रत्येक कथामा कर्णाली क्षेत्रको विकटतालाई भिन्ना भिन्नै रूपमा प्रस्तुत गरिएको छ। 

टुल्के कथाले सम्पूर्ण मानवतालाई नै जिस्काएको छ। मानवतालाई झकझक्याउने प्रयास गरिएको छ।

कथा संग्रहमा सम्पूर्ण कथाहरूको आआफ्नै अस्तित्वमा, आआफ्नै स्थानमा उत्कृष्ट रहेका छन् तर पनि मलाई “एक मान्ठ एक देउता” र “टुल्के” कथाले मन छोयो । पढ्दा पढ्दै भावुक बनायो । 

यदि गम्भीर भएर एक पटक यस पुस्तक का कथाहरुलाई पढ्ने हो भने प्रत्येक कथाले हरेको मनलाई छुने छ । भावुक बनाउने छ । आँखा रसाएर पनि ल्याउने छ । 

कथाहरूमा लोकभाकाहरूलाई पनि राम्रोसँग ठ्याक्कै कथासँग मेल खाने गरी प्रस्तुत गरिएको छ । 

यस कथा संग्रहमा समेटिएका सम्पूर्ण कथाहरूमा स्थानीय भाषाको प्रयोगले प्रत्येक कथालाई जीवन्त बनाउँछ । लेखन शैली सरल, लय युक्त, प्रस्ट रहेका छन् । अहिलेसम्म मैले पढेका कथा संग्रहहरूमा भएको शैलीभन्दा भिन्नै तर उत्कृष्ट रहेको छ । मानौ उहाँको लेखन शैलीको छिट्टै अस्तित्व भएझै भान पर्छ ।

यहाँ कर्णाली क्षेत्रको जनजीवनलाई ११ वटा कथाहरू मार्फत लेखक ज्यूले छर्लङ्गै पार्नु भएको छ । के कसरी भन्ने कुरा अझै प्रष्टै गरी बुझ्न त एक पटक यस कथा संग्रह मार्फत कर्णाली क्षेत्रलाई नियाल्नुपर्ने हुन्छ।

अस्ति पानी परेर मौसम परिवर्तन भई गर्मीयाम बाट जाडोयाम भइरहेछ । घाम ताप्दै एक मान्ठ एक देउता कथा संग्रह पढेर सिध्याइयो । सिद्धिएनन् ति कथा संग्रहहरू पढ्दाको अनुभव । भावना । विचार । घाम तापेर पुस्तक पढ्नु छुट्टै मजा। 

पुस्तक – एक मान्ठ एक देउता

लेखक – शिवराज शाही 

समीक्षा – एक रावल

Comments (0)

No comments yet — be the first to say something.