Catch feed

Catch → बाटोले सोधेन

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

बाटोले सोधेन

बाटोले कहिल्यै सोधेन,

“तिमी कहाँ जाँदै छौ?”
उसले चुपचाप पाइताला थाम्यो,
धुलो बनेर, हिलो बनेर,
कहिले चिसो ढुङ्गा बनेर।

हामी गन्तव्य सोध्छौँ,
बाटोले केवल हिँडाइ सोध्छ।
हामी पुग्ने हतारमा छौँ,
बाटो भने बिताउने धीरजमा छ।

गन्तव्यमा पुगेपछि
सबै बाटो बिर्सिन्छन्,
तर बाटोले चाहिँ
हरेक यात्रीको थकान सम्झिरहन्छ।

कुनै साँझ फर्केर हेर्दा
आफ्नै पाइलाका छापहरू
मलाई भन्छन्,
“हामी नभइदिएको भए, तिमी कहीँ पुग्दै पुग्थेनौ।”

@__aantarman_99


३पटक शेयर
यो क्याच शेयर गर्नुहोस्:

Comments (0)

No comments yet — be the first to say something.