गीत
पूर्ण प्रेम रोज्नुहुन्छ भने मञ्जरा नै रोज्नुहोस्
अधुरा प्रेम कथा धेरै बने मञ्जरा नै रोज्नुहोस्
मुना मदन, रोमियो जुलेट,मालती र मंगलेका
लैला मजनुन जस्तै अधुरा प्रेम कथा संगालेका
प्रेमीका भेट्दैमा दिन गने मञ्जरा नै रोज्नुहोस्
अधुरा प्रेम कथा धेरै बने मञ्जरा नै रोज्नुहोस्
पूर्ण प्रेम …
पूर्ण प्रेम जन्मौ जन्म सम्म पनि रहन्छ हृदयमा
अस्ताएपछि पनि सौन्दर्यता नै पोख्छ उदयमा
छोटा सबन्धले चिहान खने मञ्जरा नै रोज्नुहोस्
अधुरा प्रेम कथा धेरै बने मञ्जरा नै रोज्नुहोस्
पूर्ण प्रेम …
प्रेममा आत्मियता भए अमर रहन्छ रे जुनी जुनी
भन्न गाह्रो स्वार्थका नाता कतिन्जेल टिक्छ कुन्नी
त्याग भएका अमरमा गने मञ्जरा नै रोज्नुहोस्
अधुरा प्रेम कथा धेरै बने मञ्जरा नै रोज्नुहोस्
पूर्ण प्रेम ….

Comments (0)
No comments yet — be the first to say something.