करीब रातको मध्यभागतिर अचानक निद्रा टुट्यो। बिहानको एघार बजेको कलेज जाने मान्छे,पौने दस बजेतिर उठ्ने मान्छे म यसरी आधा राति बिउँझिनु भनेको चानचुने कुरा चाहिँ हैन। झुटो नबोली भन्दा म मध्यरातसम्म मोबाइल फोन चलाउने मान्छे, आज पनि छिट्टै सुते र छिट्टै उठे। के यो सकारात्मक पक्ष त होइन? म डराएँ।
सोचाइको लामो समयपछि मध्यरातको चराको मधुरो स्वरसँगै उसलाई सम्झन पुगेँ। मान्छे म फटाहा आतङ्कवादी सोच राख्ने मान्छे म, मध्यराति कसरी सकारात्मक सोच आउँछ? उसको नशालु आँखा, कैलीको स्वर, उसको अगाडि अरुको स्वर काग्रोएको, एक शब्दले भन्नुपर्दा मन्त्रमुग्त बनाउने स्वर थियो उस्को । आफ्नो सोचले आफैँ मुस्कुराउँदै हाँसेँ।
आजसम्म म यसरी तड्पिएर सुतेको थिइनँ। बिहानको पर्खाइमा अर्को सोचाइमा पुगेँ छु । कहिले बाइकमा सँगै घुमेको, कहिले सँगै चटपटे,पानीपूरी खाएको। जे सोच्दा पनि पैसा लाग्दैन, तर पनि आफ्नो औकातभन्दा बढी सोच्न सक्थेँ नि। जस्तै सँगै विश्व भ्रमण, त्यो नि आफ्नैहवैजहाजमा ।
तर के गर्ने? तेल हाल्ने समेत पैसा नभएर होला, सोच पनि सानै आउँछ। सोचाइको दोस्रो भागपछि मुस्कुराउँदै अर्को पट्टि फर्कँदै फेरि उसले लगाएको कपडा, बोलेको शैली र ढङ्गमा पर्यों । हरेक चोटि पैसा, सपिङको कुरा गर्ने। के म उसलाई पाल्न सक्छु?
कुरै कुराको सोचाइमा म नेपालको झर्न्डै राजा भएको होला। उसको लागि महँगा–महँगा गरगहना, हिडनलाई मात्रै दसदेखि बाह्रवटा गाडी। आफ्नै सल्लाहकार बालेंद्र शाह हैट ! बालेनलाई देखेर मात्रै बेहोस छन्। तर म उसलाई सम्झाउँदै छु, सिकाउँदै छु, मन्त्र बोलेको जस्तै लतपतिदै शेरबहादुर चिया लियर रायो। अलि चिसो पसे जस्तो छ सिरकभित्र केपी बा देख्ने नपाउँदै मेरो सोचाइको माहोल भत्कियो।
तर उसलाई भुलिनँ।
कलेजको छुट्टीको घण्टीमा मात्रै सुन्ने म आजको सुरुवातको घण्टी सुन्नलाई आतुर भएँ। अर्को शब्दमा, उसलाई हेर्ने मन थियो, बोल्ने मन थियो। यसैगरी कसरी मनको कुरा भन्ने विषयमा अलि गहिरो सोचाइमा पुगेँ।
के म बाले कलेज फी भनेको पैसाले फूल किनेर दिऊँ? उसलाई मन पर्ला? यसो सोचेँ म मिडल क्लास परिवारको छोरो, मसँग कसरी महँगो गाडी आयो? थाहा भएन। तर म मेरा साथीहरूसँग सानमा कलेज पुग्यौँ। दुई सयको तेल हालेर मात्रै हिँड्ने मान्छे, आज म एक होइन, दुई-दुईवटा गाडीमा मान्छे बोकेर हिँड्यौँ। मान्छेहरू छक्क परे।
तर मनको कुरा मनमै रहेझै कल्पनामानी भन्न सकिनँ। मुस्कानको र सोचाइको तेस्रो भागलाई भालेको आवाजले छुट्टायो।
कि उसलाई चराचुरुङ्गी मन पर्छ? मन परे पनि के गर्नु, आफूसँग एउटा छैन, सारा चुरुङ्गे आफ्नो छेउ पर्दैन। यस्तो अन्याय त रावणसँग पनि भएको थिएन होला, तर मलाई कसैले नबुझी चराचुरुङ्गीले त बुझ्नुपर्ने। एउटा उसलाई दिन्थेँ, आतङ्कवादी सोच भएको मान्छे के, ऊ आफैँ पोलेर त खान्दैन नि चरालाई? दिए भने कसरी पाल्छ होला? डर लागेर आयो।
त्यसपछि एउटा कुकुरको बच्चा दिने निर्णय भयो। खासमा दुईवटा कुकुर पालेको मान्छे म। तर तिनीहरूको मुड बिग्रियो भने मलाई नै टोक्न बेर लगाउँदैनन्। भन्दै फेरि निर्णय बदलियो।
अन्त्यमा उसलाई एउटा फोन किनी दिने भए । दुईपट्टि फुटेको मेरो फोन छ, तर उसलाई आईफोन दिने कल्पना भयो। कसरी दिउँ म? उसको अगाडि आजसम्म परेको छैन, उसको साथीहरूको नामपछि पनि मेरो नाम आउँदैन।
बिहानिकों चिसो मौसमको मीठो घामको प्रकाशले आखाम शिरक ओडन बाध्य बनायो । यति मीठो सपनालाई कसरी बिना अन्त्य हुँदै राख्छु? आईफोनको रकम बराबरले मेरो घरमा एक वर्षको चुलो जल्छ? कसरी चलाउने भन्ने मान्छेले यो कल्पना गर्नु भनेको नमरी स्वर्ग पुग्नु हो।
सोचाइको लहरसँगै घरको आम्दानी खर्चमा पुग्यो। पछि ऊसँग बिहे मात्रै गरे पनि मेरो आमा एउटा सारी एक वर्षमा एउटा लगाउनुहुन्छ। अब ऊ भनेको हरेक तस्वीरमा पहिरण फेरेको हुनुपर्छ। सोचाइको भार ममा थुप्रिँदै गएको थियो।
म अरूलाई पैसा दिँदा कसरी फिर्ता गर्छ र गर्न सक्छ भनेर मात्रै दिने मान्छे म। तर म आफैँ अरूलाई पैसा दिन सक्ने मान्छे होइन । कसरी बा आमाले मलाई ऋण काटी काटी पैसा पठाउनु भएको छ सम्झेँ। फेरि सोच बदलियो।
म अहिले आज्ञाकारी छोरा? गाउँमा सानो घर छ, बारी छ, सानो परिवार। उसैसंग जीवन सजिएको छ। आमा बाबा बुढेसकालमा छोराको आशमा रातदिन खटेका छन्। बिहान खाना खायासी
सल्लाह गरे मात्रै खाने। बिहान खाएपछि बेलुका खानेको टुंगो छैन। नाक सुखसुख गरेर अर्कोपट्टि फर्केँ।
लगभग बिहानको आठ बजेको होला। एक महिनादेखि नधोएको सिरभित्र नै घामको प्रकाश चिर्यो। अब सोचले शान्त वातावरण चाहिएको थियो। बाहिरको गाडीको आवाज, कसैले रेडियो, कसैले भजन गाउँदै थियो। झन् घरबेटीको छोरा स्कुल जान्न, जान्न भनिरहेको थियो। अब सोच्न सक्ने हालतमा थिइनँ।
न त उसलाई कल्पना गरेर नै आफ्नो बनाउन सकेँ, न त बिना कल्पनामा नै। खास मा म निडर मान्छे ठूला मान्छेहरूको त कुरा मजाक बनाइर उडाउने, तर ऊसँग किन डराउनु ? किन ?
बिहानको कमलो ढाडमा दिदीको मायालु जुत्ताको छाप नै बस्यो। जुत्ता दरो हो कि ढाड कमलो भन्ने विषयमा अहिले पनि बार्तालाप चल्दैछ। अर्को सोचाइमा पक्कै निर्णय हुनेछ यो बारेमा । जुत्ता जतिनी सारो भए ढाडमा छाप नबस्नु पर्ने हो। नत्र ढाड्ने कमलों भएर पो हो कि? भन्न मात्रै नसकेको, दुख्नन त लास्टै सारो दुखेको।
आज नि जहिले जै ढिलो भयो। म मा केही परिवर्तन आएन। ढिलो उठेँ, ढिलो कलेज पुगेँ। सरको एक इसारामा पाँचोटी उडबस गरेर भित्र पसेँ। सरलाई के थाहा आज म बाह्र बजेदेखि सुतेको छैन भनेर। दिदीलाई त थाहा छैन। एकछिन सोचेँ, दिदीले पाउने दसमा मलाई उठाउनु भयो। पक्कै ढिलो सुतेँ र ढिलो उठ्यो सम्झिने भयो होला। सबैको नजरमा पहिले जस्तै भएँ,अल्छी, फटाहा, नटेर्ने।
एउटा कुरा मैले भन्नै बिर्सेँ। म कसको लागि यति राति बाह्र बजेदेखि बिहानसम्म सुतिनँ? त्यो को हो? खोजी अनुसन्धान हरेक रातको सोचाइमा पर्दछ। तर को रहेछ पत्ता लागेन। पत्ता लगाउन नै सकेको छैन।
सोचाइको बाहक भाग बढ्दैछ। पहिलाको मेरा पूर्व पात्रहरू लोप हुँदैछन्। तर सोचको अन्त्य हुनुको साटो झन् तुप्रिँदैछ।………….

Comments (0)
No comments yet — be the first to say something.