लघुकथा – दियो
“जति जती बिकास उति अँध्यारो ।” राजारामले अचानक चस्काए ।
दशेँको दीयो निभ्न पाएन – तिहार आयो । तिहारमा लक्ष्मी पूजा गर्दै थिए । छोरीले आँगन देखि मुल कोठासम्म बत्ति झलमल पारिन् । बाहिर झिलमिले माला बत्ति लगाइयो । पटक पड्काइयो । आकाश गर्जिन थाल्यो उज्यालोले । तब पनि उनी सोचमग्न भए ।
छोरीलाई मन परेन । उनी बोलिन्, “यति रमाइलो चाडमा हजुर किन मौन ?”
राजामानले सम्झाउने हेतुले भने, ” परम्परा, मूल्य मान्यता र अस्तित्व बिग्रने ट्रेन्डको कारण हो । अर्थात् देखासिकी । ”
राजारामको आवाजले सबै मौन भए । रंगोली छोडेर सबै राजाराम भएको ठाउँमा आए । पछिल्ला क्रममा नेपालीहरुले आफ्नो गुण, स्वभाव र प्रकृति भुले । यसको अर्थ आफ्नो पन र क्षमता भुले । जतिजति शिक्षित बने उनीहरुले आधुनिकको अर्थ पश्चिमीकरण नै हो भन्ने बुझे । वास्तविकीकरण र सवलिकरण हो भन्ने बुझेनन् ।
कसैमा सम्भावना देखाउन सके पो जिन्दगी । आत्मियता र आत्म गौरब चिनाउन सके पो जिन्दगी । अरुको देखासिकीले त खरानी बनाउँथ्यो । परिवारका सबै सदस्य वरिपरि भएपछि उनले अचानक अँध्यारो आकाशको एक चम्किलो तारालाई देखाउँदै राजारामले भने, “अँध्यारो कोठामा बालिने दियोले मात्र सम्भावना पोख्छ छोरी ।”
हेलम्बु-६, सिन्धुपाल्चोक

Comments (0)
No comments yet — be the first to say something.