Catch feed

Catch → लघुकथा – मिलेर बसौँ

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

लघुकथा – मिलेर बसौँ

“कहिले इनम कहिले के ? ” पि. एच डी पास गरेका बिद्वान चिच्याए  ।  

प्रदर्शनी मार्गमा हिँडी रहेका केही मानिसहरु अचम्म मानेर फर्की फर्की हेर्दै थिए । म  भने दंग परेँ । कति खसखस उनलाई ? आफ्नो खुट्टा घिसारी रहेका थिए । चासो भने अचम्मको । त्यत्तिकैमा अर्को प्रोफेसर देखापरे। उनी पनि उस्तै अशान्त । 

नानाथरी बके, ” कति करोडको काण्ड रे  पार्टीको फैसला समेत न्यायधिशले गरे । ” 

म दंग परेँ । जतिजति बिद्वान उतिउति अशान्त  ।  आफ्नो तनाव लिएर ब्यायाम गरेका भए स्वस्थ हुन्थे । अघाएको पेटले प्रतिष्ठा धेरै खोज्ने हो कि ! कुन्नी ! मैले बुझिन । मलाई छिटै घर फर्कनु थियो । एउटा गाडी टुप्लुक्कै आइपुग्यो । 

मलाई गाडी भित्र जान आग्रह गर्दै  खलासीले भन्यो, “सबै जना मिलेर बस्नुस् है !” 

– हेलम्बु -६, सिन्धुपाल्चोक 

यो क्याच शेयर गर्नुहोस्:

Comments (0)

No comments yet — be the first to say something.