Catch feed

Catch → संज्वर २२

✓ Unlocked — enjoy the rest of the Catch
Book teaser

संज्वर २२

भाग १ प्रकाउ पुर्जी - एक रावल

एक रावल

मेरो दोस्रो पुस्तक “संज्वर २२”, पहिलो पुस्तक “अघोर तन्त्र: रहस्यमय मेरो यात्रा”                             

भुमिका

हुन त दार्इ सँग पनि किन अनुमति लिनु र । त्यो पनि एक नोटबुकको लागी भन्ने लाग्यो । सोधेको भए पनि मैले सहजै पाउने थिए तर मैले अनुमति लिर्इन । नोटबुक खाली थियो । पानाहरु खाली थिए । सायद त्यो नोटबुकले पनि मेरै प्रतिक्षा गरेको हुँदो हो । नोटबुकले प्रतिक्षा गर्नुहुदैन्थ्यो । किनकि नोटबुक म सँग रहे पनि त्यसले मेरो साथ पाएको थिएन । केहि महिना कार्टुनको बक्समा अरु पुस्तकहरु माझ दबिएर रह्यो । जहाँ मेरा साहित्यिक लेखनका अरु नोटबुहरु थिए । साहित्यिक पुस्तकहरु थिए । जो पटक पटक मेरो दर्शन पाउँथे र मैले पनि तिनको दर्शन पाउँथे तर बिना अनुमति लिएको नोटबुकले र मैले आपसमा दर्शनको अवसर पाएका थिएनौ । 

केहि समय यता मैले फोसिल कथा संग्रह पढिरहेको थिए । त्यस पछी लगतै मैले थन्काएर राखेको नोट बुकमा लेख्न सुरु गरे पछी एक एक कल्पनाले खाली पानाहरु भरिन थाले । जहाँ कल्पनामा सत्यता प्रकट भए । अनि मैले त्यो कल्पनालार्इ नोटबुकमा मात्र सिमित नराखेर अरु पाठक सामु राख्ने निर्णय गरे । त्यस पछि त्यो कल्पनाले एक स्वरुप पायो, नेपाली साहित्य विधाको लघु उपन्यास “संज्वर २२” का रुपमा । त्यसरी केहि समय नोटबुक नथन्केको भए सायद यस उपन्यासको जन्म पनि हुने थिएन । पाना खाली थिए र त मेरो कल्पना भरिए । 

नोटबुकले लामो धैर्यता पछी म द्धारा आफ्नो कर्म पुरा गर्यो ।

-लेखक

यस लघु उपन्यास प्रकाशित भईसकेको छ । पुस्तक अर्डर का लागि direct writer अथवा “एक बुक्स” फेसबुक अकाउन्ट अथवा writingNepal मा एक बुक्स publisher account बाट थप जानकारी हेर्न तथा बुझ्न सक्नु हुने छ । 

Comments (0)

No comments yet — be the first to say something.