हिजो मैले भनेको थिएँ,
समयको पदचापमा
मान्छे बौलाउने छ।
आज मेरो वचन सत्य भयो।
मेरै अस्तित्व लिलाममा बिक्यो।
मेरो वचन अविश्वसनीय थियो।
हेर, हिजो नपत्याउने तिमी!
मैले त केवल भविष्य बोलेको थिएँ,
तिमीले त्यसलाई भ्रम ठानेका थियौ।
आज साँच्चै मान्छे बौलाएको छ,
चेतना र विवेकको विषमताले।
#मन्जुश्री #लिलामी
#समयकोपदचाप
#धिप्रमठकुरी


Comments (1)
Sundar !