Catch feed

Catch → Part of dead man diaries by bibek poudel

✓ Unlocked — enjoy the rest of the Catch
Animal & Love

Part of dead man diaries by bibek poudel

सुन्नुहोस् · Listen Your phone or computer reads this Catch aloud in its own voice — Nepali in a Nepali voice if your device has one (otherwise Hindi), English in English. Pause any time, change the speed, or tap a paragraph to start from there. Free, and nothing is sent anywhere.

मलाई डर छ—मेरा सोचहरूले मेरो पहिलो र निकै लडेर बाँचेको जीवनलाई पनि खेर पार्लान् कि भनेर…मलाई डर लाग्न थाल्यो—आफ्नै दिमागसँग।

किन म यति धेरै सोच्छु? किन ती कुराहरू, जसको अस्तित्व नै छैन, जसले कहिल्यै केही बदल्दैन, तिनै कुराहरूले मेरो चेतनालाई कब्जा गर्छन्? यो सोच—यो निरन्तर, निर्दयी, थाक्दो सोच—जस्तो कि आत्मालाई खाएर बाँच्ने कुनै अदृश्य जनावर।

सोच्दै सोच्दै म कति पटक हराएँ—मलाई याद छैन।

कति पटक चौरमा हिँड्दै थिएँ, तर म त्यहाँ थिएन।

कति पटक खुट्टा चिप्लियो, कति पटक पोखरीमा खसेँ—पानीले शरीर भिज्थ्यो, तर सोचले आत्मा डुबाउँथ्यो।

माथि निस्किँदा शरीर भिजेको हुन्थ्यो, तर भित्र—भित्र त म पहिले नै डुबिसकेको हुन्थेँ।

म पुराना लुगा लगाउँथेँ—

जसले समयको दुर्गन्ध बोकेको थियो,

तर भित्र—भित्र म नयाँ किताबको भोक बोकेर बाँचिरहेको थिएँ।

किन नयाँ किताब?

किनकि पुराना लुगामा लुकिएको त्यो मानिस

आफ्नो दिमागलाई पुरानो हुन दिन चाहँदैनथ्यो।

तर साँचो त के थियो भने—

मसँग नयाँ किताब किन्ने औकात कहिल्यै थिएन।

एउटा धनीले एकपटक खर्च गर्ने पैसाले,

म सडक किनारका पसलबाट चार–पाँचवटा पुराना किताब किन्थेँ।

त्यो पैसा जोड्न—त्यो सानो रकमलाई समात्न—

मैले जे जस्तो संघर्ष गरेँ,

त्यो संघर्षको कथा मेरो रगतले मात्र लेख्न सक्छ।

त्यो गरिबी—त्यो वित्तीय पीडा—

यति गहिरो थियो कि कहिलेकाहीँ लाग्थ्यो—

यदि म केटी भएर जन्मेको भए,

सायद म आफ्नो आत्मालाई बेच्थेँ—

केवल एउटा किताबको लागि,

कसैको भोक मेटाउन,

वा सायद—

केवल यस सोचको थकानबाट छुटकारा पाउन।

किनकि कहिलेकाहीँ

बाँच्नु भन्दा गाह्रो कुरा

सोच्नु हुन्छ।

र कहिलेकाहीँ

म सोच्थेँ—

मर्ने सबैभन्दा सजिलो तरिका के होला?

शरीर थाकेको थिएन,

तर दिमाग—

दिमागले हार मानिसकेको थियो।

यो कथा होइन।

यो कुनै साहित्यिक कल्पना होइन।

यो त एउटा यस्तो आ

त्माको चिच्याहट हो

जसलाई कसैले सुन्न चाहेन।

Comments (0)

No comments yet — be the first to say something.