प्रकाशन
आफ्नो पाण्डुलिपि पठाउनुहोस्
पाण्डुलिपि तयार छ? हामीलाई पठाउनुहोस् — हाम्रो टोलीले हरेक पाण्डुलिपि ध्यान दिएर पढ्छ।
हामी तपाईंको पाण्डुलिपि कसरी हेर्छौं
- तपाईं पठाउनुहुन्छ तलको फारम भरेर पूरा पाण्डुलिपि संलग्न गर्नुहोस्। तुरुन्तै पुष्टि इमेल आउँछ — नदेखिए Spam फोल्डर हेर्नुहोस्।
- पहिलो जाँच फाइल खुल्छ कि खुल्दैन, पाण्डुलिपि पूरा छ कि छैन, र यो पटकको विधामा पर्छ कि पर्दैन भनी हेर्छौं।
- ध्यान दिएर पठन हाम्रो टोलीले पाण्डुलिपि राम्रोसँग पढ्छ — कथा वा विचार, भाषा, र पाठकलाई मन पर्छ कि पर्दैन। धेरै समय यही चरणमा लाग्छ।
- हाम्रो जवाफ ३ महिनाभित्र हामी इमेलमा जवाफ दिन्छौं: स्वीकृत, वा केही सुधारको सुझावसहित स्वीकृत।
- स्वीकृत भएमा सर्तहरू लिखित रूपमा तपाईंसँग मिलाउँछौं, अनि सम्पादन, आवरण डिजाइन, मूल्य सँगै तय गरेर प्रकाशन गर्छौं। रचनाको अधिकार तपाईंकै रहन्छ।
⏳ ३ महिनाभित्र जवाफ आएन भने?
हामीकहाँ धेरै पाण्डुलिपि आउँछन्, र सबैलाई छुट्टै जवाफ लेख्न सधैं सम्भव हुँदैन। पठाएको ३ महिनाभित्र हाम्रो जवाफ आएन भने, यस पटक तपाईंको पाण्डुलिपि चयन हुन सकेन भनी बुझ्नुहोस्। त्यसपछि तपाईं यसलाई अर्को प्रकाशकलाई पठाउन पूर्ण स्वतन्त्र हुनुहुन्छ। त्यसअघि बारम्बार सम्झाउने सन्देश नपठाउनुहोस् — यसले प्रक्रिया छिटो हुँदैन।
पठाउनुअघि
- पूरा पाण्डुलिपि — केही अंश वा सुरुका अध्याय मात्र होइन, पूरा किताब।
- PDF, DOC वा DOCX फाइल, युनिकोड नेपालीमा टाइप गरिएको (प्रीति वा अरू पुराना फन्ट होइन — ती अरू कम्प्युटरमा बिग्रिन्छन्)।
- तपाईंकै मौलिक रचना हुनुपर्छ, र यसको अधिकार तपाईंसँग हुनुपर्छ।
- एक पटकमा एउटा पाण्डुलिपि — अर्को पठाउनुअघि हाम्रो जवाफ (वा जवाफको समय सकिन) पर्खनुहोस्।
- अर्को प्रकाशकलाई पनि पठाउनुभएको छ? ठीक छ — अन्यत्र स्वीकृत भएमा हामीलाई खबर गर्नुहोस्।
- यो निःशुल्क छ। WritingNepal ले पाण्डुलिपि पढ्न वा प्रकाशन गर्न कहिल्यै शुल्क लिँदैन। हाम्रो नाममा कसैले पैसा मागे हामीलाई खबर गर्नुहोस्।
छिट्टै
छापिएको किताब (परम्परागत र हाइब्रिड प्रकाशन)
छापिएको किताबका लागि पनि पाण्डुलिपि लिने तयारी गर्दैछौं। अहिले खुलेको छैन, तर छिट्टै आउँदैछ। प्रतिक्रिया पृष्ठमा भोट गर्नुहोस् →