Catch feed

From the team

Updates & reading suggestions

Product news and editorial picks from the WritingNepal team — for what everyone else on the site is writing, head to Catch instead.

Oct 2026 · Editorial

ट्रामको झ्यालबाट देखिएको सपना र ‘राइटिङ नेपाल’को पुनरागमन

विकासको जरा सडकमा होइन, नागरिकको चेतनामा हुन्छ

धेरै वर्षअघि वरिष्ठ साहित्यकार डायमण्डशमशेर राणा विदेश भ्रमणमा हुँदा एउटा दृश्यले उहाँलाई गहिरोसँग छोयो। रेल र ट्राममा यात्रा गरिरहेका मानिसहरू हात-हातमा किताब बोकेर पानामा हराइरहेका थिए। भीड, कोलाहल र गन्तव्यको हतारोबिच पनि उनीहरू पढिरहेका थिए। त्यो दृश्यपछि उहाँले भन्नुभएको थियो,…

Oct 2026 · Editorial

मेरो सिरानीका तीन किताब

केही किताब पढेर सकिन्छन्, केही भने जीवनभर सँगै बस्छन्। तिन दशकदेखि मेरो सिरानीमा रहेका तीन नेपाली उपन्यासको कथा।

  अघिल्लो सम्पादकीयमा मैले वाचा गरेको थिएँ, ती किताबका बारेमा लेख्ने, जसलाई मैले लगभग दुई दशकदेखि सम्झिरहेको छु। घर सरेँ, दराज फेरिए, धेरै किताब कसैलाई दिएँ, कति हराए । तर तीन वटा किताब कहिल्यै टाढा गएनन्: 'पल्लो घरको झ्याल', 'चपाइएका…

Sep 2026 · Editorial

भानुभक्तदेखि बुद्धिसागरसम्म

नेपाली किताबलाई किन आफ्नो दराजमा ठाउँ दिनुपर्छ ?

पहिले-पहिले यस्तो हुँदैनथ्यो, तर अचेल काठमाडौँको लगभग जुनसुकै किताब पसलमा पस्नुस्, अगाडिको टेबलले एउटा कथा भनिरहेको हुन्छ। ढोकैनेर विश्वभरका अनुवादित वा अङ्ग्रेजी संस्करणकै बेस्टसेलर, सेल्फ-हेल्प र थ्रिलरका चम्किला थुप्रा हुन्छन्। नेपाली किताबका दराज भने प्रायः भित्रतिर, निकै शान्त भएर पर्खिरहेका…