Catch feed
WritingNepal अन्तर्वार्ता · पाँच प्रश्न← सबै अन्तर्वार्ता

पाँच प्रश्न · अंक २

स्मारिका

२६ नोभेम्बर २०२६ · २ मिनेट पढाइ

१लेख्न कसरी सुरु गर्नुभयो? सबैभन्दा पहिलो लेख वा रचना सम्झनुहुन्छ?

लेखनप्रतिको रुचि मलाई १३ वर्षको उमेरदेखि नै थियो। सुरुमा गजल, कविता र साना रचनाहरू लेख्थें। पहिलो रचना ठ्याक्कै सम्झना नभए पनि लेखनप्रतिको त्यो मोह अझै सम्झन्छु। १७ वर्षको उमेरमा उपन्यास लेख्न सुरु गरेँ, जसको परिणाम आज ‘ब्लुम’ बनेको छ।

२तपाईंको भर्खरै निस्किएको किताबको कथा के हो, र यो किन लेख्नुभयो? किताब निस्किएको केही समय भइसक्यो। अहिले ती पात्रहरूसँग छुटिएजस्तो लाग्छ? भन्छन्, किताब निस्किएपछि लेखकलाई आफ्ना पात्रहरूसँग बिछोड भएजस्तो हुन्छ रे। तपाईंलाई पनि त्यस्तै भयो?

‘ब्लुम’ प्रेम, संघर्ष, आत्मसम्मान र आत्मखोजको कथा हो। प्रेममा आफूलाई हराएकी एउटी युवतीले कसरी फेरि आफैँलाई भेट्छे भन्ने कुरा यसमा छ। विशेषगरी प्रेममा आफूलाई गुमाएका महिलाहरूका लागि यो लेखेकी हुँ।
पात्रहरूसँग बिछोड भएको महसुसभन्दा पनि उनीहरू पाठकसम्म पुगेकोमा खुसी छु। लेख्दा मेरा थिए, अहिले पाठकका भएका छ ।

३लेख्दा तपाईंको दिनचर्या कस्तो हुन्छ? कहाँ, कहिले लेख्नुहुन्छ? ब्लुमले राम्रो गरिरहेको छ भन्ने सुनेको छौं, अर्को किताब कहिले आउला त ?

लेख्नका लागि कुनै निश्चित ठाउँ वा समय हुँदैन, जहाँ मनले महसुस गर्छ, त्यहीँ लेख्न मन लाग्छ। ‘ब्लुम’लाई पाठकहरूले दिनुभएको मायाले निकै उत्साहित बनाएको छ। अर्को किताबको तयारी पनि मनमा छ, तर कहिले भन्ने सोचेको छैन।

४तपाईंलाई सबैभन्दा प्रभाव पारेका लेखक वा किताब कुन हुन्?

मलाई कुनै एक लेखक वा किताबले मात्र प्रभाव पारेको छैन। फरक फरक लेखकका सिर्जनाबाट फरक कुरा सिक्ने अवसर पाएकी छु। विशेषगरी मानवीय संवेदना, जीवनका भोगाइ र समाजलाई साहित्यमा प्रस्तुत गर्ने शैलीले मलाई आकर्षित गर्छ। मेरो विचारमा जीवन आफैँ पनि एउटा ठूलो पुस्तक हो।

५नयाँ लेखकलाई एउटा सुझाव?

अरूजस्तै बन्ने होइन, आफ्नै लेखकीय पहिचान बनाउने प्रयास गर्नुहोस्। लेखनमा धैर्य राख्नुहोस्, किनकि एउटा राम्रो कृति जन्मिन समय लाग्छ।

लेखकको किताबब्लुम [Bloom]
किन्नुहोस् →
शेयर:

प्रतिक्रिया · ०

No comments yet — be the first to say something.

अर्को अन्तर्वार्ता: Sriju Shahi →