Entrant no. 10
Short story
🎤 राष्ट्र निर्माणमा युवाको अहम भूमिका
सम्बोधन:
आदरणीय कार्यक्रमका सभाध्यक्ष महोदय, सम्माननीय प्रशिक्षकज्यूहरू, उपस्थित सम्पूर्ण गुरुजन, मेरा सहक्याडेट साथीहरू तथा सम्पूर्ण महानुभावहरू! आज म यहाँ एउटा यस्तो विषयमा आफ्नो विचार व्यक्त गर्न उभिएको छु, जुन केवल भाषणको विषय होइन, राष्ट्रको अस्तित्व, अस्मिता, स्वाभिमान र भविष्यसँग जोडिएको विषय हो। मेरो भाषणको विषय हो— “राष्ट्र निर्माणमा युवाको अहम भूमिका।”…
Entrant no. 9
Poem
अँध्यारोमा आफैँ जलिरहेको छ दियो,
अरूलाई खुसी पार्न आफैँ बलिरहेको छ दियो।
हावाको बेगले एकै झोक्कामा,…
Entrant no. 8
Poem
कविता: अँध्यारोको साथी ‘दियो’
माटोको सानो पालामा, तेल र कपासको साथ,
चिरेर अँध्यारो रातलाई, छर्छ उज्यालो प्रभात।…
Entrant no. 7
Short story
आमा,यो तिहार भनेको के हो ?
दियोको मधुरो उज्यालोमा कखरा पढ्दै गरेकी बालिका स्मृतिले आमासँग प्रश्न गरि।
केही समय अगाडिको बाढीले सर्वस्व बगाएपछि शरण मागेर बसेकी रुन्दाताले भक्कानिएको स्वरमा जवाफ दिइन्, "समय आएपछि आफैँ बुझ्नेछिस। अब तेरा दाजुभाइ पनि छैनन्, तिहारको रमाइलो मनाउने हैसियत पनि छैन। बा कहाँ छन्, के गर्दै छन्, केही अत्तोपत्तो छैन।…
Entrant no. 6
Poem
तिहारमा आँगनभरि झिलिमिली हुँदा मात्रै कहाँ बल्छ र दियो?
कहिलेकाहीँ कसैको आँसु पुछ्न पनि बल्छ दियो।
कसैले मन्दिरमा श्रद्धाले बाल्छ,…
Entrant no. 5
Poem
समयको कचौरामा एउटा दियो
जसले बालेर खुसिका बहिरङ्ग रङ्गहरुसित प्रेम गरिरहेछ
उसको मनका अँध्यारा कुनाहरु…
Entrant no. 4
Short story
लघुकथा : दीप्ति
लक्ष्मीपूजाको साँझ थियो। गाउँका घरआँगनमा माटाका दियोहरू झिलिमिली बलिरहेका थिए। झ्याल, ढोका र छतमा रङ्गीचङ्गी विद्युतीय बत्तीका झालर टल्किरहेका थिए। तुलसीको मठदेखि घरका बार्दलीसम्म सजिएका दियो र बत्तीले टोल नै झकिझकाउ देखिएको थियो। रामप्रसादको घरमा पनि दियो र रङ्गीचङ्गी बत्तीले सजावट गरिएको थियो, तर उनको अनुहारमा उज्यालो थिएन। छोरीको विवाहको कुरा अघि बढेको थियो। केटापक्ष आजै आउने खबर पाएदेखि उनको मनमा एउटै प्रश्न घुमिरहेको थियो—दाइजोको कुरा उठ्यो भने के गर्ने? आफ्नो हैसियतले उनीहरूको अपेक्षा पूरा गर्न सकिएन भने कतै छोरीका लागि आएको सम्भ्रान्त परिवारको विवाह प्रस्ताव नै बिग्रिने त होइन? अथवा दाइजो कम भएको निहुँमा छोरीको जीवनमा दुःखको सुरुवात हुने त होइन?
छोरी दीप्तिको विवाहको कुरा सम्पन्न परिवारसँग चलेको थियो। केटा पढेलेखेको र जागिरे थियो। परिवार पनि गाउँमा प्रतिष्ठित र सम्पन्न मानिन्थ्यो। दीप्तिले पनि स्वीकृति दिएकी थिई। यस्तो सम्बन्ध आएकोमा रामप्रसाद र उनकी श्रीमती खुसी थिए। तर आफ्नो आर्थिक अवस्थाले केटापक्षका अपेक्षा पूरा गर्न सकिएला कि नसकिएला भन्ने चिन्ताले खुसी ओझेलमा परेको थियो।…
Entrant no. 3
Poem
आज घरका देउलीमा दियोहरू बलिरहेका छन्,
आँगनमा सयपत्री मुस्कुराएको छ,
लक्ष्मीका पाइलाको प्रतीक्षामा…
Entrant no. 2
Poem
शहर झिलीमिली छ ,
नियोन लाइट र आतिसबाजीले
झङ्कारित छन् टोलहरू ।…
Entrant no. 1
Short story
मायानगर, देउताको बास रहेको एक दुर्गम पहाडी भेगको सुन्दर गाउँ । रहस्यमयी गाउँ । जहाँ त्री शक्ति देवताका देवता महादेव, वैकुण्ठ विष्णु,ब्रह्म लोकका ब्रह्मा भन्दा पनि माथिका देवता रहेको जनविश्वास रहेको छ । एक यस्ता देवता, जसको पूजा मायानगर भन्दा बाहिर भएकै थिएन। किनकि ती देवता माया नगरका मात्रै थिए। माया नगरका हर्ता कर्ता।
परापुर्व कालमा त्री शक्ति सँग युद्ध गरी छिनेका थिए एक भूमिको टुक्रा । धरती को टुक्रा। जसलाई ती देवताले आकाश गंगा बाट दुर एक अन्धकारको संसारमा लिएर गएका थिए । धरतीको टुक्रालाई लिएर जाने क्रममा पृथ्वीमा इतिहास कै ठूलो विनाशकारी भूकम्प गएको थियो, महादेवको क्रोदले । भयानक ज्वालामुखी विष्फोट भएको थियो, महादेवको तेस्रो आँखाले । हिम पहिरो गएको थियो, विष्णु द्वारा भूलवश भएको प्रहारले, प्राचीन देवगण बासी र त्यसबेलाका आम प्राचीन मानव पृथ्वीमा गएको प्रलय देखि मतिभ्रस्ट भई भाग्न थाले, प्रलय सँगै नष्ट हुन थाले, ज्ञानी ब्रह्माले टुलुटुलु हेर्नाले ।
त्रिशक्तिको असफलताले पृथ्वी बाट प्राचीन युगको अन्त्य भयो।…